• Tuesday 20th of October 2026

ग्वार्कोमा युवकलाई ठक्कर दिएर भागेको टिपर सीसीटीभीमार्फत टिकाभैरवमा फेला


  • धनकुटा खबर
  • .

ललितपुरको ग्वार्कोमा बुधबार राति एक युवक सवार मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर र चालकलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ। टिपरको ठक्करबाट गम्भीर घाइते भएका सिराहा घर भइ काठमाडौँको कोटेश्वरमा बस्ने गरेका ३२ वर्षीय जयनाथ यादवको उपचारका क्रममा राति नै बीएन्डबी अस्पतालमा मृत्यु भइसकेको छ।

तर ठक्कर दिने गाडी पत्ता लागेको थिएन। सीसीटीभी फुटेजका आधारमा यादव सवार ०२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिने बा ३ ख ६६२१ नम्बरको टिपर चालकसहित गोदावरी नगरपालिका ६ टिकाभैरव, गैरीगाउँबाट नियन्त्रणमा लिइएको ललितपुर प्रहरी परिसरले बताएकाे छ ।

अहिले टिपरसहित चालक गोदावरी नगरपालिका–६ निवासी २६ वर्षीय छोइसाङ तामाङ हाम्रो (प्रहरी परिसर ललितपुरको) नियन्त्रणमा छन् ।क्षतिपूर्तिका विषयमा अहिले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा पीडित पक्ष र टिपरधनीबीच छलफल भइरहेको बताइएकाे छ । गाडीको ठक्करबाट मृत्यु भएका व्यक्तिको परिवारलाई क्षतिपूर्ति दिने प्रावधान छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖