• Tuesday 20th of October 2026

आफ्नै घरको मोटर चलाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु


  • धनकुटा खबर
  • .

दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ बेलुवा बस्ने ४५ वर्षीया जगन्या चौधरीको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो ।

आफ्नै घरको मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖