• Tuesday 20th of October 2026

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु


  • धनकुटा खबर
  • .

नुवाकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो १ बजेतिर बेलकोटगढी नगरपालिका वडा नम्बर १० तादीखोलास्थित घुमाउने दहमा पौडी खेल्न गएका दुई जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिए।

मृतक ककनी गाँउपालिका वडा नं ४ बस्ने १८ वर्षीय हिमाल तामाङ र बेलकोटगढी नगरपालिका वडा नं १३ बस्ने १९ वर्षीय रोजन तामाङ छन्।
डिएसपी भारतीका अनुसार ६/ ७ जना किशोरहरू पौडी खेल्न गएका थिए। पौडी खेल्नेक्रममा दुई जना खोलामा डुबेर बेपत्ता भएका थिए।

शनिबार करिब २ बजेतिर पौडी खेल्नेक्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्रहरीले पाएको थियो।

प्रहरी चौकी तादीपुल र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली खटिएको थियो।

उक्त टोलीले डुबेका दुई जनाको उद्धार गरी त्रिशुली अस्पताल पुर्‍याएको थियो।

अस्पताल पुर्‍याउन बित्तिकै चिकित्सकले दुई जनालाई मृत घोषणा गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖