• Tuesday 20th of October 2026

पोखराबाट चोरी भएको स्कुटर प्युठानमा भेटियो


  • धनकुटा खबर
  • .

करीब एक हप्ता अघि पोखराबाट चोरी भएको स्कुटर प्युठानमा भेटिएको छ। पोखराको नयाँबजारमा पार्किङ गरिराखेको अवस्थामा गएको जेठ २ गते चोरी भएको ग १५ प २४७५ नम्बरको स्कुटर प्युठानमा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय प्युठानको टोलीले उक्त स्कुटर प्युठानको नौबहिनी गाउपालिका वडा नं. ७ मा फेला परेको र उक्त स्कुटर चोरी गरेको आरोपमा सोही ठाउँका वर्ष ३६ को रेकम बुढाथोकीलाई पक्राउ गरिएको प्रहरीले जनाकारी दिएको छ।

चोरी भएको स्कुटर र बुढाथोकी दुबैलाई पोखरा ल्याएर कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖