• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

युरोकपपछि फ्रेन्च फरवार्ड जिराउडले सन्यास लिने


  • धनकुटा खबर
  • .

काठमाडौँ । फ्रान्सका फरवार्ड ओलिभर जिराउडले आगामी युरो कपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका छन् ।

जिराउडले एल इनक्विपलाई दिएको अन्तर्वार्तामा युरो कप आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका हुन् ।

३७ बर्षिय जिराउड फ्रान्सका लागि सर्बाधिक गोल गर्ने खेलाडी हुन् । उनले फ्रान्सका लागि १३१ खेलमा ५७ गोल गरेका छन् ।

हाल एसी मिलानबाट व्यावसायिक फुटबल खेलिरहेका जिराउड अमेरिकी लिग क्लब एलए एफसीमा जाने तयारीमा रहेका छन् ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖