धनगढी: अछाममा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको ढकारी गाउँपालिका—७ ढुङ्गाचाल्ना देखि तल्थारा जाने कच्ची सड्क खण्डको कुच्चिकोट भिरबाट अन्दाजी ३०० मिटर तल लडेको अवस्थामा दैलेखको ठाटिखाँद गाउँपालिका—२ हुईता बस्ने अन्दाजी ६५/६६ वर्षीय पुरा शाही मृत अवस्थामा फेला परेका हुन्।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
यस्तै कैलालीको गोदावरीमा पनि एक जना मृत अवस्थामा फेला परेका छन्। गोदावरी नगरपालिका–८ का ५५ वर्षीय नरबहादुर धामी मृत अवस्थामा फेला परेका हुन्।
धामीलाई गोदावरी–८ को जमुनाभाडीस्थित मुख्य राजमार्गबाट अन्दाजी आठ सय मिटर भित्री नालामा मृत फेला पारेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ।
