• Tuesday 20th of October 2026

सातदोबाटोमा ट्रकको ठक्करबाट महिलाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । ललितपुरको सात दोबाटोमा ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु गएको छ ।

ना ८ छ ७५०६ नम्बरको ट्रकले ठक्कर दिँदा काभ्रे धुलिखेल बस्ने ४० वर्षकी अप्सरा दाहालको निधन भएको हो ।

ठक्करबाट घाइते भएकी उनको उपचारका लागि पाटन अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖