• Tuesday 20th of October 2026

राईले यसरी गरे श्रीमतिमाथि खुकुरी प्रहार


  • धनकुटा खबर
  • .

सिन्धुली– सिन्धुलीमा आफ्नै श्रीमानले श्रीमतिमाथी खुकुरी प्रहार गरि गम्भिर घाइते बनाएका छन् ।

आइतबार दिउँसो २ः२० को समयमा जिल्लाको हरिहरपुरगढी गाउँपालिका २ स्थित सानो बखफरमा श्रीमातिमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेको बागमती प्रदेश प्रहरी कार्यालयलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रबि कुमार पौडेलले जानकारी दिनुभयो ।

५२ वर्षिय बिर बहादुर राईले आफ्नै श्रीमती ४० वर्षिय सुन्तली राईलाई घरायसी विवादमा कुखुरी प्रहार गरेको एसएसपी पौडेलले बताउनुभयो । राईको दाहिने गाला र घाँटीको बिचमा धारिलो खुकुरी प्रहार गरीएको एसएसपी पौडेलले जाकारी दिनुभयो ।

घाईते राईको अवस्था गम्भिर रहेको र उपचारकालागि हेटौँडाको सहकारी अस्पताल पठाईएको प्रहरीले बताएको छ । खुकुरी फेला नपरेपनि खुकुरी प्रहार गर्ने बिर बहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖