• Tuesday 20th of October 2026

आज दिउँसो यी प्रदेशमा वर्षा हुने


  • धनकुटा खबर
  • .

नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भूमागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको छ।

यतिबेला (मंगलबार बिहान) कोसी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदलीको अवस्था रहनेछ। देशका बाँकी भूभागको मौसम दिउँसाे आंशिक बदलीदेखि मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा दिउँसाे हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति काेसी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

राति कोसी प्रदेशका केही स्थान तथा बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा राति हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖