• Tuesday 20th of October 2026

दिल्लीबाट उड्न ठिक्क परेको विमानभित्र जब बम पड्किँदै छ भन्ने सूचना फेला पर्‍यो


  • धनकुटा खबर
  • .

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीस्थित विमानस्थलबाट आज (मंगलबार) बिहान वाराणसीका लागि उड्न ठिक्क परेको विमानमा बम रहेको हल्ला भएपछि आतंक मच्चिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान इन्डिगोको फ्लाइट (६ई२२११) मा एउटा टिस्यु पेपर भेटियो, जसमा लेखिएको थियो ‘३० मिनेटमा बम विस्फोट हुनेछ’।

त्यसपछि चालक दलका सदस्यले यात्रुलाई इमर्जेन्सी गेटबाट बाहिर निकालेका थिए। केही यात्रु विमानको पंखाबाट समेत हतार हतार ओर्लिएका थिए। विमानमा १७६ यात्रु थिए।

दिल्ली एयरपोर्टमा क्यूआरटी र बम डिस्पोजल टोली बोलाइएको थियो। विमानभित्र खोजी गरियो तर अधिकारीहरूले शंकास्पद वस्तु केही फेला पारेनन्।

विमानस्थलका अधिकारीहरूले बिहान करिब ५:३० बजे पाइलटले शौचालयमा टिस्यु पेपर फेला पारेको बताएका छन्। टिस्यु पेपर कसरी शौचालयमा पुग्यो भन्ने अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖