• Tuesday 20th of October 2026

काठमाडौंमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौंमा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ।

मं‌गलबार बिहान काठमाडौं महानगरपालिका-१५ भगवानपाउस्थित सडकमा बा.५ ख १४७१ नम्बरको टिपरले एक साइकलयात्रीलाई ठक्कर दिएको हो।

ठक्करबाट सोही ठाउँमा बस्ने गोरखा अजिरकोट गाउँपालिकाका ३० वर्षीय विकास नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका नेपालीको उपचारका लागि मनमोहन अस्पताल स्वयम्‍भूमा लगिएको थियो।

त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले टिपर चालकलाई पक्राउ गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖