• Tuesday 20th of October 2026

तराईमा दुई दिन उच्च तापक्रम, सावधानी अपनाउन सुझाव


  • धनकुटा खबर
  • .

काठमाडौं— सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा दुई दिनसम्म उच्च तापक्रम रहने भएको छ।

शुक्रबारसम्म उच्च तापक्रमसहित तातो हावा चल्ने हुँदा सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दामाथि मापन गरिएको छ। तातो हावाको लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने र बान्ता आउने आदि हुनसक्ने भन्दै बच्न महाशाखाले सुझाव दिएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राति पनि यी स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज साँझ काठमाडौंका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार आज काठमाडौंमा ३१ डिग्री सेल्सियससम्म तापक्रम पुग्नसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖