• Sunday 29th of November 2026

न्यूरोडमा सडक पुर्ने काम जारी, नगरप्रहरी फर्किए


  • धनकुटा खबर
  • .

काठमाडौं । न्यूरोडमा सडक विभागले गरेको पीच रोक्ने महानगर प्रहरीको प्रयास असफल भएको छ । प्रहरीसमेत उपस्थित भएपछि नगरप्रहरी फर्किएका छन् ।

केही दिनअघि काठमाडौं महानगरले फुटपाथ फराकिलो बनाउनेभन्दै सडकका किनारा भत्काएको थियो । भत्काएको सडक आज सडक विभागले पुर्न थालेको हो । सडक विभागले काम थालेको थाहा पाएपछि मेयर बालेन्द्र साहले नगरप्रहरी पठाएका थिए ।

नगरप्रहरी र सडक विभागका कर्मचारीबीच केहीबेर विवाद भयो । केही स्थानीयले नगरप्रहरीविरुद्ध नाराबाजी गरे । त्यसपछि घटनास्थलमा नेपाल प्रहरी प्रवेश भएको थियो । प्रहरीको प्रवेशपछि नगरप्रहरी हच्किएको थियो । अहिले उनीहरू फर्किएका छन् । फर्किँदा उनीहरूलाई स्थानीयले बाईबाई गरेका थिए ।

सडक विभागका कर्मचारीले पिचको काम जारी राखेका छन् । स्थानीयवासीहरु भने विभाजित देखिन्छन् । कसैले सडक विभागलाई साथ दिएका छन् भने कसैले विरोध पनि गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖