• Friday 9th of October 2026

भारत भर्सेस् इंग्ल्याण्ड : गुयनामा वर्षा जारी, यसरी खेलाइनेछ खेल


  • धनकुटा खबर
  • .

काठमाडौं । गुयानाको प्रोभिडेन्स स्टेडियममा आज टी–२० विश्वकपको सेमिफाइनलमा भारतले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार ८:१५ बजे सुरु हुनेछ । तर, हाल गुयानामा वर्षा जारी छ ।

खेलको समयमा पनि गुयानामा वर्षाको सम्भावना ७५ प्रतिशत छ ।

यस खेलका लागि र कुनै रिजर्भ डे छैन । यदी खेल नभएमा भारतीय टोली सुपर–८ राउण्डमा समूहको शीर्ष स्थानमा रहेकाले फाइनलमा पुग्ने छ । इङ्ल्यान्ड टोली आफ्नो समूहमा दोस्रो स्थानमा थियो, त्यसैले उसले हार व्यहोर्न सक्छ ।

सेमिफाइनलका लागि रिजर्भ डे नहुने भए पनि खेलका लागि २५० मिनेट अतिरिक्त समय दिइएको छ । त्यसैले बेलाबेलामा वर्षा रोकिन थाल्यो भने खेल कुनै न कुनै रूपमा टुंगिन सक्छ ।

टी-२० खेलमा पानी पर्न थालेमा कम्तिमा १०-१० ओभर खेल्न आवश्यक छ भने, डीएलएस विधि प्रयोगका लागि दुवै इनिङ्समा कम्तिमा ५-५ ओभर खेल्न आवश्यक छ । तर, आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलमा डीएलएस विधिका लागि कम्तिमा १०–१० ओभरको खेल हुनुपर्ने हुन्छ ।

अर्थात् खेलमा पानी परेमा नतिजा पाउन १०–१० ओभरको खेल आवश्यक छ । एक इनिङ्समा १० ओभर बलिङ गर्न ४५ देखि ५५ मिनेटको समय हुन्छ । १०–१० ओभरको खेल डेढ देखि दुई घण्टामा पूरा गर्न सकिन्छ अर्थात् गुयानामा २ घण्टाको खेल भए पनि सेमिफाइनल खेल सकिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖