• Thursday 8th of October 2026

पश्चिमी अमेरिकामा अत्यधिक गर्मी, ‘डेथ भ्याली’ को तापक्रम १ सय ३० डिग्री सेल्सियससम्म पुग्नसक्ने अनुमान


  • धनकुटा खबर
  • .

अमेरिकाका पश्चिमी राज्यहरूमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । केही दिनअघिदेखि अलास्का, क्यालिफोर्निया, कोलोराडो, वाशिङ्टनलगायतका राज्यमा बढेको गर्मी आउने हप्तासम्म जारी रहने त्यहाँको मौसम विभागले जनाएका छन् ।

तापक्रम उच्च हुन थालेसँगै ठूल्ठूला डढेलोका घटना बढ्दै गएको बीबीसीले जनाएको छ । पश्चिमी अमेरिकामा झन्डै २ करोड जना मानिसलाई उच्च गर्मीबाट बच्न र सतर्कता अपनाउन सचेत गराइएको खबरमा उल्लेख छ ।
यसअघि एरिजोनामा गर्मीका कारण एक जना बालकको ज्यान गइसकेको छ ।

तातो लहरले बालबालिकासहित अरू धेरै जना बिरामी भएका छन् ।
आज क्यालिफोर्नियाका ‘डेथ भ्याली’ मा तापक्रम ५३ डिग्री सेल्सियस पुग्न सक्ने मौसमविद्ले बताएका छन् । ‘डेथ भ्याली’ को तापक्रम यो हप्ता १ सय ३० डिग्री सेल्सियससम्म पुग्नसक्ने अनुमान छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖