• Wednesday 28th of October 2026

प्रधानमन्त्री प्रचण्डको काँधमा १० मन्त्रालयको जिम्मेवारी


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसङ्‌ख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री हसिना खानलेले बुझाएको राजीनामा स्वीकृत गरेका हुन् ।

योसँगै प्रधानमन्त्री प्रचण्डको काँधमा १० वटा मन्त्रालयको जिम्मेवारी आएको छ । यसअघि एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले बुझाएको राजीनामा स्वीकृत भइसकेको छ । एमालेका मन्त्रीहरुले राजीनामा बुझाएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परिसकेका छन् । उनले यही असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वधार, कानून, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण, उद्योग, वाणिज्य तथा आपूर्ति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, खानेपानी, रक्षासहित आज राजीनामा स्वीकृत भएका दुई मन्त्रालयको कार्यभार आफैंले सम्हाल्ने भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖