• Wednesday 28th of October 2026

एमाले सचिवालय बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौं— नेकपा एमालेको सचिवालय बैठक बसेको छ।

पार्टी कार्यालय च्यासलमा जारी बैठकमा नयाँ सत्ता समीकरण अनुसार कांग्रेससँगको सहकार्र्यका विषयमा छलफल भइरहेको छ। साथै आजको बैठकले पार्टीबाट सरकारमा सामेल हुने मन्त्री छनोटको मापदण्डको विषयमा छलफल हुने बताइएको छ।

साथै नेताहरुको जिम्मेवारी हेरफेरको सम्बन्धमा समेत छलफल हुनेछ।
यसअघि विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि एमालेले मंगलबारका लागि सचिवालय बैठक बोलाएको थियो। तर अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि आजका लागि बैठक सारिएको थियो।

असार १७ गते राति कांग्रेस र एमाले मिलेर नयाँ समीकरण अनुसारको सरकार बनाउने सहमति गरेका छन्। त्यसका लागि आवश्यक परामर्श आजको बैठकमा हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖