• Thursday 8th of October 2026

कोपा अमेरिकाको फाइनल खेल किन शुरु हुन सकेन ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । अर्जेन्टिना र कोलम्बियाबीचको कोपा अमेरिका फाइनल खेल निर्धारित समयमा शुरु हुन सकेको छैन ।

अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुनुपर्ने खेल अब नेपाली समय अनुसार ७ बजेदेखि शुरु हुने बताइएको छ ।

स्टेडियममा फ्यानहरुको भिड र टिकट नलिएका फ्यानहरु जबर्जस्ती घुस्न खोजेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो । आयोजकहरुले टिकट नभएका फ्यानहरुलाई पनि स्टेडियममा जान दिने भने पनि अवस्था नियन्त्रणमा आउन नसकेपछि खेल एक घण्टा १५ मिनेट ढिलो भएको छ । मिडिया रिपोर्टका अनुसार प्रहरीले केहि समर्थकहरुलाई हिरासतमा समेत लिएको छ ।

अत्याधिक गर्मीका कारण कैयौं समर्थकहरु बेहोस समेत भएको र उनीहरुलाई उपचार गरिएको दृश्य समत सार्बजनिक भएका छन् ।
  

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖