• Thursday 8th of October 2026

मेसी र स्वरेज बिना इन्टर मियामी विजयी


  • धनकुटा खबर
  • .

काठमाडौँ । इन्टर मियामीले अमेरिकन लिग सकर अन्तर्गतको खेलमा टोरोन्टो क्लबलाई पराजित गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले टोरोन्टोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा फेडेरिको रेडोन्डोले दुई गोल गरेका थिए भने डिएगो गोमेजले एक गोल गरेका थिए । त्यसैगरी डेरीक एटीएने जुनियरले टोरोन्टोका लागि एक गोल गरेका थिए ।

यस खेलमा हालै कोपा अमेरिका जितेका लियोनेल मेसी र उरुग्वेका सुपर स्टार खेलाडी लुइस स्वरेज खेलेका थिएनन् । मेसी कोपा फाइनलमा घाइते भएपछि इन्टर मियामीका केहि खेल गुमाउने भएका छन् ।

यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २४ खेलमा ५० अंक भएको छ र अहिलेसम्म शिर्ष स्थानमा रहेको छ । त्यस्तै टोरोन्टो भने २५ खेलमा २७ अंकसहित आठौ स्थानमा छ ।
      

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖