• Wednesday 28th of October 2026

राजनीतिक स्थायित्व हुन्न कि भन्ने चिन्ता नलिनु, यो सरकार पूरै अवधि रहन्छ : विष्णु पौडेल


  • धनकुटा खबर
  • .

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेबिचको सहमति भत्काउने चेष्टा नगर्न आग्रह गर्नुभएको छ ।

नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गानाको नेतृत्वमा शुक्रबार मन्त्रालयमा आएको टोलीसँगको छलफलमा उपप्रधानमन्त्री पौडेलले कांग्रेस र एमालेको सत्ता समीकरण देश र जनताको लागि भएको बताउनुभयो । ‘अब पनि राजनीतिक स्थायित्व हुन्न कि भन्ने चिन्ता नलिनुस्, यो सरकार पूरै अवधि रहन्छ’ उहाँले भन्नुभयो ।

उहाँले यो गठबन्धन तलमाथि नहुने र अब विकल्प पनि नभएको बताउनुभयो । देश बनाउने अभियानमा सारथि बनेर लाग्न उहाँले स्थानीय तहका प्रमुखहरूलाई आग्रह गर्नुभयो । सबैले मिलेर काम गर्दा मात्र देशलाई समृद्ध बनाउन सक्ने उहाँले धारणा राख्नु भयो । पौडेलले स्थानीय तहको वित्तीय समानीकरणको बाँकी रकम भुक्तानीका लागि पहल गर्ने पनि बताउनुभयो ।

संघका अध्यक्ष ढुङ्गानाले वित्तीय समीकरण अनुदानबापतको रकम अझै सात प्रतिशत निकासा हुन बाँकी रहेको भन्दै सो रकम निकासा गरिदिन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖