• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

आफ्नै पार्टीभित्र समेत कमजोर बन्दै माधव नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एसले गएको निर्वाचनमा कांग्रेस र माओवादीको काँध चढेर प्रतिनिधिसभा निर्वाचनमा दस सिट हात पारे पनि राष्ट्रिय पार्टी बन्न सकेन । एमालेलाई देखाइदिन्छु भन्दै सरकारमा रहेको फाइदा उठाएर एमालेबाट चोइटिएका नेपाल देशको मात्र होइन, आफ्नै नाङ्लो जत्रो पार्टीभित्र पनि कमजोर बन्दै गइरहेका छन् ।

यसको पछिल्लो उदाहरण हो पदाधिकारीको निर्वाचन । सो पार्टीको गएको असारमा भएको महाधिवेशनपछि मंगलबार पदाधिकारी तथा पोलिटब्युरोको निर्वाचन भएको छ । केन्द्रीय समितिमा आफ्नो पक्षको क्लिन स्विप हुने ठानेर नेपाल पक्षले गराएको चुनाव समेत प्रत्युपादक सावित भएको छ ।

३४४ जना केन्द्रीय सदस्य मतदाता रहेको सो पार्टीको पदाधिकारी तथा पोलिटब्युरो निर्वाचनमा माधव नेपालले अपेक्षा गरे अनुसारको परिणम प्राप्त भएन । यो परिणमले नेपाल देशको मात्र होइन, आफ्नै पार्टीभित्रको राजनीतिमा समेत कमजोर देखिनुभएको छ ।

पदाधिकारी निर्वाचनबाट कम्तीमा सातजना नेता महासचिव घनश्याम भुसालको लिस्टबाट विजयी भएका छन् । ती सात ठाउँमा नेपाल पक्षका नेताहरू नराम्ररी पराजित भएका छन् । भुसाल पक्षले मतदानका बेला बाँडेको लिस्टबाट सातजना पदाधिकारी विजयी भएका छन् ।

मतदानका बेला अध्यक्ष माधव नेपाल पक्ष र महासचिव घनश्याम भुसाल पक्षबाट फरक फरक लिस्ट बाँडिएको थियो । केही नेता दुवै लिस्टमा परेका थिए । सम्मानित नेता झलनाथ खनालको समर्थन भुसाल पक्षमा थियो ।

भुसाल पक्षबाट उपाध्यक्ष जयन्ती राई, धर्मनाथ साह, प्रकाश ज्वाला र भानुभक्त जोशी निर्वाचित भएका छन् । ज्वाला र जोशी दुवैको लिस्टमा थिए । त्यस्तै उपमहासचिवमा भुसाल पक्षबाट गरिमा शाह निर्वाचित भएकी छन् ।

सचिवमा भुसाल पक्षबाट चन्द्रबहादुर शाही र बलदेव चौधरी निर्वाचित भएका छन् भने गणेश विक दुवै पक्षको टिममा थिए । घनश्याम भुसालको टिममा परेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने पराजित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖