• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

रित्तियो नेकपा (एकीकृत समाजवादी), सिङ्गो जिल्ला कमिटी एमालेमा समाहित


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ भदौ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बाग्लुङको सिङ्गो जिल्ला कमिटी नेकपा (एमाले) मा समाहित भएको छ । एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी इन्चार्ज किरण गुरुङको प्रमुख आतिथ्यतामा हिजो (बिहीबार) आयोजित पार्टी प्रवेश कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा र जिल्ला अध्यक्ष लालबहादुर थापा, उपाध्यक्ष, सचिवसहित सिङ्गो कमिटी नै एमालेमा समाहित भएको हो ।

उनीहरूलाई एमाले स्थायी कमिटी सदस्य गुरूङ, बागलुङ जिल्ला ईञ्चार्ज एवं पोलिट्ब्युरो सदस्य मना केसी, पोलिट्ब्युरो सदस्य लिलबहादुर थापा, केन्द्रीय सदस्य सूर्य पाठक, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, जिल्ला अध्यक्ष हिरा केसी लगायतले पार्टीमा स्वागत गरेको एमालेले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖