• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाईएपछि सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिए


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ भदौ । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाईएपछि पदबाट राजीनामा दिएका छन् ।

हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले वरियताको चौथो नम्बरमा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।

सो निर्णय बाहिरिएलगत्तै सचिव ज्ञवालीले राजीनामा दिएका थिए । उनको राजीनामा पनि स्विकृत भैसकेको छ । ज्ञवाली वरिष्ठतामा एक नम्बरमा थिए । तर, वरिष्ठतामा चौथो नम्बरमा रहेका अर्यालले मुख्यसचिवमा बाजी मारे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖