• Wednesday 7th of October 2026

यी अभिनेत्रीलाई निर्देशकले राखे यस्तो माग, सबैसामु लज्जित भइन्, त्यसपछि उठाइन् यस्तो कदम


  • धनकुटा खबर
  • .

काठमाडौँ – बलिउड अभिनेत्री चित्रागण्डा सिंहले आज आफ्नो ४८ औँ जन्मदिन मनाउदै छिन् । चित्राङ्धा सिंह रन्धावाको जन्म ३० अगस्ट १९७६ मा राजस्थानको जोधपुरमा भएको थियो । चित्राङ्धा सिंहका बुबा आर्मी अफिसर हुन् भने उनका भाइ दिग्विजय सिंह चहल गोल्फर हुन्।

चित्राङ्धा सिंहले दिल्लीको लेडी श्रीराम कलेजबाट गृह विज्ञानमा स्नातक डिग्री पूरा गरेकी छन्। उनले कलेजका दिनदेखि नै मोडलिङ गर्न थालेकी हुन् । त्यही क्रममा उनले केही विज्ञापनमा काम गर्ने मौका पाइन् ।

चित्राङ्धा सिंह पहिलो पटक अल्ताफ राजाको सुपरहिट गीत ‘तुम तोरे परदेसी’ मा देखिएकी थिइन् । यसपछि उनले फिल्म सॉरी भाइ (२००८) बाट बलिउडमा डेब्यू गरिन्।

मोडलिङका क्रममा चित्रांगदालाई एक–दुई पटक होइन तीन पटक एयर होस्टेस बन्ने अफर आएको थियो, जसलाई उनले अस्वीकार गरिन् किनभने उनको ध्यान फिल्म उद्योगमा थियो ।

फिल्म इन्डस्ट्रीमा चित्रागण्डा सिंह ‘देसी ब्वाईज’, ‘ग्यासलाइट’, ‘आई मी और मैं’, ‘इन्कार’, ‘बब बिस्बास’, ‘बाजार’, ‘गब्बर’ जस्ता फिल्ममा देखिएकी थिइन् । तर उनको अभिनय करियर खास थिएन ।

सन् २०१७ मा रिलिज भएको फिल्म ‘बाबुमोशाई बन्दूकबाज’ सँग सम्बन्धित एउटा घटना छ । रिर्पोटका अनुसार चित्रागण्डा सिंहले नवाजुद्दीन सिद्दीकीसँग एक अश्लील दृश्य शूट गर्नुपरेको थियो जसमा अभिनेत्री असहज थिइन् ।

निर्देशकले उनलाई केही आपत्तिजनक शब्द भने, जुन सुनेर चित्रागण्डा सिंह बेस्सरी रोइन् । यसपछि अभिनेत्रीले फिल्म बीचमै छाडिन् र त्यसपछि उनले धेरै अन्तर्वार्तामा यो कथा सुनाइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖