• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

वर्तमान सरकार ‘अनुभवी लुटेरा गठबन्धन’ :रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन जित्न जनताको एजेण्डा बोक्नुपर्ने बताएका छन् ।

आज (शनिबार) पार्टीको कर्णाली प्रदेश भेलालाई विरेन्द्रनगरमा सम्बोधन गर्दै उनले घण्टी बोकेरमात्रै चुनाज नजितिने बताएका हुन् । ‘घण्टी बोकेर मात्र जितिँदैन । जनताका एजेण्डा बोक्नुपर्छ,’– उनले भने ।

साथै, प्रतिस्पर्धाबाट अब्बल हुनेलेमात्रै पार्टीमा अवसर पाउने उनको भनाइ छ । कर्णालीले जित्नका लागि २०८४ को निर्वाचनमा रास्वपाले जित्नुपर्ने उनको भनाइ छ ।

सभापति लामिछानेले वर्तमान सरकारले आगामी तीन वर्ष बाँडिचुँडी खानेबाहेक केही गर्न नसक्ने दाबी गरे । उनले वर्तमान सरकारलाई ‘अनुभवी लुटेरा गठबन्धन’ को संज्ञा दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖