• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

प्रस्तावित राजदूतहरुको सुनुवाई सुरू, पहिलो सुनुवाई चीनका लागि प्रस्तावित राजदूत ओलीको


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ भदौ । आजबाट विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई सुरु भएको छ । अहिले चीन्का लागि नेपाली राजदूतमा प्रस्तावित प्रा. डा. कृष्णप्रसद ओलीको सुनुवाई सुरु भएको छ । ओलीको सुनुवाईलगत्तै भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माको सुनुवाई हुनेछ ।

सो क्रममा उनले आफूले चीनमा राजदूतको रुपमा काम गर्दा नेपालको हित केन्द्रित रहेर काम गर्ने भन्दै विस्तृत कार्ययोजनासमेत लिखित रुपमा पेश गरेका छन् । जसमा उनले नेपालको स्वाधीनता, राष्ट्रिय सुरक्षा, अक्षुण्णता, दिगो शान्तिका लागि कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने योजना राखेका छन् ।

राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखी अन्तर्राष्ट्रिय सम्बन्ध विकास एवं विस्तार गर्न द्धिपक्षीय सहयोग र सहयोग अगाढि बढाउने पनि उनको योजना छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖