काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओलीपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने बताएका छन् । आज (आइतबार) केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै उनले अब सभापति देउवाले त्याग गर्नुपर्ने बताएका हुन् ।