• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

पूर्वउपराष्ट्रपति पासाङको बंगलामा नेकपा बहुमतको कालो ब्यानर


  • धनकुटा खबर
  • .

काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको पार्टी नेकपा बहुमतले पूर्वउपराष्ट्रपति तथा जनमुक्ति सेनाका पूर्वकमाण्डर नन्दकिशोर पुन ‘पासाङ’को बंगलामा कालो ब्यानर राखेर विरोध जनाएको छ ।

शनिबार बागमती प्रदेश ब्युरोका इन्चार्ज लालबहादुर बिसी ‘शार्दूल’को नेतृत्वमा गएको टोलीले दहचोकस्थित स्विजरल्याण्ड डाँडामा रहेको पासाङको निवासस्थित कम्पाउन्डमा ब्यानर राखेर विरोध जनाएको हो ।

ब्यानरमा भ्रष्टाचारविरुद्ध जनएकता अभियान नारा राखिएको छ । त्यसको तल ‘जनयुद्धका फौजी कमान्डर र देशका उपराष्ट्रपति बनेका व्यक्तिको सुविधा सम्पन्न बङ्गला निर्माण गर्ने स्रोत के हो ?’, ‘०४६ यता देशका राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न दबाबका लागि जनसङ्घर्ष’ लेखिएको छ ।

पार्टीले ‘भ्रष्टाचारविरुद्ध जनएकता अभियान’ सञ्चालन गर्ने निर्णय गरेकाले सोही नीति बमोजिम पासाङको घरमा ब्यानर राखिएको इन्चार्ज बिसीले बताए ।

‘माओवादी आन्दोलनको महान् उद्देश्यलाई संसदवादी स्वार्थमा बिक्री गरिएको छ । जनयुद्धको आदर्श र महानतामाथि धोका भएको छ’, उनले भने, ‘अर्को एउटा सामान्य मानिसले कसरी सम्पत्ति जोड्यो ? सम्पत्तिको आयस्रोत के हो ? यसै विषयमा भण्डाफोर गर्न हामी उहाँको घरमा गएका हौँ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖