काठमाडौं – आईजीपीको जिब्रो थुत्ने सञ्चारमन्त्रीको अभिव्यक्तिले सत्ता साझेदार नेपाली कांग्रेस बिच्किएको छ। देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सुचना तथा संचार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएको भन्दै बिच्किएको हो ।
कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले संचार मन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन्। नेता भण्डारीले मन्त्री गुरुङले सार्वजनिक स्थलमा प्रहरी संगठनका प्रमुखलाई अपशब्द प्रयोग गरी अभिव्यक्ति दिएको भन्दै उनको बर्खास्तीको माग गरेका हुन् । कांग्रेसका सांसद तथा केन्द्रीय नेताले नै बिज्ञप्ती नै निकालेर सार्वजनिक रुपमा नै आफु समर्थित बहालवाला मन्त्रीको राजिनामा माग्नुले गठबन्धनमा तलमाथि हुनसक्ने रुपमा हेरिएको छ।
भण्डारीको विज्ञप्तीमा भनिएको छ ,‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सुचना तथा संचार मन्त्रीबाट ’ शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई नेपाल सरकारका प्रवक्ताबाट सार्वजनिक स्थलमा अपशब्द बोल्नु खेदजनक छ। ‘ यस्ता प्रवक्ता मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ।
साथै, नेता भण्डारीले शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा त्यसको जिम्मेवार स्वयं सरकार र प्रधानमन्त्री हुनुपर्ने पनि उनले बताएका छन् । सरकारमा भएका वा जिम्मेवार व्यक्तिले सत्य तथ्य बङ्गाएर समाजमा वितृष्णा फैलाउने र पार्टी–पार्टीबीचको सम्बन्ध बिगार्ने कार्य नगर्न उनले अनुरोध गरेका छन् ।
