अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना भएको छ । अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिकाको हिलेखोलामा जीप दुर्घटना भएको हो । दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने नौ जना यात्रु घाइते भएका छन् ।