• Sunday 29th of November 2026

नेपाली आकाशमा देखियो यस्तो डरलाग्दो दृष्य


  • धनकुटा खबर
  • .

काठमाडौं – मौसम खरावीका कारण नेपालको आकाशमा लरलाग्दो दृष्य देखिएको भन्दै दुबईबाट काठमाडौं उडेको जहाज डाइभर्ट भएको छ। नेपाली आकाशमा प्रवेश गर्नेबित्तिकै फ्लाई दुबईको कलसाइन स्काई दुबई ५३९ जहाज भारतको लखनऊ डाइभर्ट भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार खराब मौसमका कारण जहाज डाइभर्ट भएको हो। ‘नेपाली आकाशमा प्रवेश गरेपछि मौसम खराबीका कारण डाइभर्ट गरिएको जानकारी प्राप्त भएको थियो,’ उनले भने।

लखनऊमा डाइभर्ट भएको जहाज मौसम अवलोकन गरी पुनः काठमाडौं उड्ने प्रवक्ता शेर्पाले जानकारी दिए। शनिबार दिउँसो २ः४१ बजे नेपाली आकाशमा प्रवेश गरेको थियो ।

कोशीसहित ४ प्रदेशमा भारी बर्षा भइरहेको छ । बाक्लो बादल र हुस्सुका कारण जवाजा डाइभर्ट भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖