• Wednesday 7th of October 2026

शाहरूख खानलाई पछि पार्दै थलापति विजय बने सबैभन्दा महँगा अभिनेता


  • धनकुटा खबर
  • .

विजयका हरेक फिल्मले बक्स अफिसमा रेकर्ड बनाउँछ। उनी भारतमा सबैभन्दा महँगा अभिनेता बनेका छन्। उनले शाहरूख खानलाई पछि छाडेका छन्।

विजयले ३० वर्षको फिल्मी करियरमा ६८ फिल्ममा काम गरेका छन्। अब उनी अन्तिम फिल्मको तयारीमा छन्। उनले आगामी फिल्म ‘थलापति ६९’ को लागि महँगो पारिश्रमिक लिएका छन्।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार करिब २७५ करोड भारू लिएका छन्। शाहरूख खानले पछिल्लो फिल्म ‘जवान’ का लागि २५० करोड भारू लिएका थिए।

अब अभिनेता विजय थलापति राजनीतिमा प्रवेश गर्दैछन्। उनको पछिल्लो फिल्म ‘थलापति ६९’ लाई एच विनोदले निर्देशन गर्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖