• Wednesday 7th of October 2026

कर्णालीको पोस्टमा ६ गोल गर्दै एपिएफ शीर्ष स्थानमा


  • धनकुटा खबर
  • .

एन्फा महिला लिगमा साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशमाथि सानदार जित हात पारेको छ।

एपिएफले आइतबार भएको खेलमा कर्णालीमाथि ६-० गोलले पराजित गरेको हो। एपिएफका लागि रश्मीकुमार घिसिङले २ गोल गरिन्। उनले ११ र २५ मिनेटमा गोल गरेकी थिइन्।

त्यसअघि निशा थोकरले चौथो मिनेटमा गरेको गोलबाट एपिएफले अग्रत लिएको थियो।

यस्तै गीता रानाले ५३ मिनेटमा पेनाल्टीबाट गोल गर्दा हिमा रावतले ७७ मिनेटमा पाँचौ गोल गरिन्।

कर्णालीकी वर्षा ओलीले ९० मिनेटमा आत्मघाती गोल गर्दा एपिएफले ६ गोलको जित निकाल्न सफल भयो।

लिगमा एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। एपिएफले पाँच खेलबाट १३ अंक जोडेको छ। पाँच खेलबाट ११ अंक जोडेको नेपाल पुलिस दोस्रो र १० अंक जोडेको आर्मी तेस्रो स्थानमा छन्। कोशी पनि १० अंकसहित चौथो स्थानमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖