• Sunday 29th of November 2026

लैनचौरमा दुई स्कुटर ठोक्किंदा १ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृतयु भएको छ ।

लैनचौरस्थित सडकमा बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र-०२-०३६ प ७४४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएका थिए ।

बुधबार राति दुर्घटना हुँदा बा प्र-०२-०३६ प ७४४९ नम्बरको स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका-५ घर भएका २१ वर्षीय रूपेश केसीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । अर्का स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖