• Sunday 29th of November 2026

अनौठो प्रजातिको मुसा जो लगातार ३ हप्तासम्म यौन सम्पर्क गरेर मर्छ !


  • धनकुटा खबर
  • .

एजेन्सी । आन्टेचिनस वर्गमा पर्ने एउटा निकै सानो आकारको मुसाको भाले सायद संसारकै सबैभन्दा अभागी भाले होला । अष्ट्रेलियामा पाइने यो वर्गका मुसाको हरेक प्रजातिका भालेका लागि यौनसुख प्राप्त गर्नु आत्महत्या गर्नु सरह हो ।

आन्टेचिनस मुसाका भालेको एकमात्र काम भनेको पोथीलाई गर्भिणी बनाउनु हो । आफ्नो त्यो कर्म पूरा गरेसँगै भालेले मृत्युवरण गर्नुपर्छ ।

अझ दर्दनाक त के भने जब भालेको मृत्यु हुन्छ तब त्यहीँ भालेले गर्भवती बनाएका पोथीहरुले उसको लास खान्छन् । मरेको भालेको मासु खाएरै पोथीले गर्भावस्थाका लागि आवश्यक पोषण प्राप्त गर्दछ ।

आम रुपमा यो जातका मुसाहरुले किराफट्यांग्रा, माकुरा, स-साना सरिसृपका साथै भ्यागुताहरु समेत खाने गर्दछ ।

आन्टेचिनस जातका हरेक प्रजातिमा एउटा समानता के छ भने यसका भालेहरुको विशेषता भनेकै यत्ति हो कि उनीहरु पोथीसँग एक पटकमा लामो समयसम्म यौन सम्पर्क गर्दछन् । उनीहरुको संसर्ग यति भीषण हुन्छ कि त्यसका कारण भालेको शरीरका अंगहरु नै फेल हुन्छन् र उसको मृत्यु हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖