• Monday 5th of October 2026

ब्रा लगाउने चलन कसरी सुरु भयो ?


  • धनकुटा खबर
  • .

– बीबीसी कल्चरमा छापिएको एक लेख अनुसार ब्रा फ्रेन्च शब्द ‘brassiere’ को छोटो रुप हो ।

– पहिलो मोर्डन ब्रा पनि फ्रान्समा नै बनेको थियो ।

– फ्रान्सको हर्मिनी क्यान्डोलले सन् १८६९ मा एक कार्सेटलाई दुई टुक्रामा काटेर भित्रीवस्त्र बनाएका थिए । पछि यसको माथिल्लो हिस्सा ब्राजसरी लगाउन र बेच्न सुरु गरियो ।

– यद्यपी, पहिलो ब्रा कहाँ र कसरी बनेको थियो यसको निश्चित जवाफ दिन मुश्किल छ ।

स्तनलाई लुकाउनका लागिः

यूनानको इतिहासमा ब्राजस्तो देखिने कपडाको चित्रण छ ।

रोमन महिला स्तनलाई लुकाउनका लागि छातीको चारैतर्फ एउटा कपडाले बाँध्ने गर्दथे ।

त्यसको ठिक विपरित ग्रीक महिलाले एक बेल्टमार्फत बक्षलाई उकास्ने कोसिस गर्दथे ।

आज पसलमा जस्तो ब्रा हामी देख्छौं, अमेरिकामा त्यस्तो ब्रा सन् १९३० देखि बन्न सुरु भएको थियो ।

यद्यपी, एशियामा ब्राको कुनै यस्तो स्पष्ट इतिहास पाइएको छैन ।

ब्रा बजारमा आएदेखि नै यसको विरोध भएको थियोः

चर्चित फेशन म्यागजिन ‘भोग’ ले सन् १९०७ ताका ‘ brassiere’ शब्दलाई लोकप्रिय बनाउने ठूलो भूमिका खेल्यो ।

रोचक कुरा के छ भने योसँग ब्राको विरोध हुन पनि सुरु भयो ।

यो त्यही समय थियो जब महिलावादी संगठनले ब्रा लगाउने ‘खतरा’ प्रति महिलालाई सावधान गराएको थियो ।

र उनीहरुलाई यस्तो कपडा लगाउन सल्लाह दिइएको थियो जसले उनीहरुलाई हरेक प्रकारको समाजिक र राजनीतिक बन्धनबाट स्वतन्त्र गर्न सकोस् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖