• Sunday 29th of November 2026

बोरामा बालिकाको शव फेला


  • धनकुटा खबर
  • .

डडेलधुरा : डडेलधुराको अमरगढी नगरपालिका-७ पोखरा बजारमा एक बालिकाको शवको फेला परेको छ। सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बमले बताए।

हिजो शुक्रबार राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लास्टिकको बोरामा राखेर शव फ्याँकेर गएको खुल्न आएको छ। बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशंका मृतकका आफन्तले गरेका छन्। राति मोटरसाइकलमा आएका व्यक्तिले शव फ्याँकेको स्थानीयको भनाइ छ।

तर, प्रहरीले भने अनुसन्धानपछि मात्रै घटनाबारे विस्तृत खुल्ने बताइएको छ। प्रहरीले आरतीको शरीरमा कुनै चोटपटक नदेखिएको बताएको छ।

डडेलधुरा प्रहरीले अनुसन्धानका लागि शंकास्पद एक व्यक्तिलाई पक्राउ गरेको छ। तर, उनको परिचय भने खुलाएको छैन। प्रहरीले आज बिहान शव उठाएर पोस्टमर्टमका लागि डडेलधुरा अस्पताल पठाएको जनाएको छ।-धनबहादुर भण्डारी/अन्नपूर्ण पोष्ट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖