धनगढी । धनगढीमा ट्याक्टरबाट खसेर एक जनाकाे मृत्यु भएकाे छ ।
शुक्रबार साँझ धनगढी उपमहानगरपालिका-१२ काे हलीचाेकमा ट्याक्टरबाट खसेर साेही ठाउँ बस्ने ६५ वर्षीय धरमराज दमाईकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
उनी गाेदावरी मन्दिर पुजा गर्न जाने क्रममा सुपप्र ०१००२ त ७१३५ नम्बरकाे ट्याक्टरबाट खसेका थिए ।
दमाईलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकाे थियाे । उनकाे उपचारकै क्रममा मृत्युु भएकाे प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
ट्याक्टर र चालक धनगढी-१२ बस्ने २१ वर्षीय शेरू दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
