• Sunday 29th of November 2026

दशैँको दिन छोराको शव घर आउँदा …


  • धनकुटा खबर
  • .

तनहुँको व्यास नगरपालिका-२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि गएका पन्थले १० महिने कोर्ष पूरा गरिसके । ८ महिनापछि उनी पाइलट बन्दै थिए ।

छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दशैँ पनि विगतको भन्दा उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार । तर, त्यो सपनामै सीमित भयो । विराट घटनास्थापनको भएको दुर्घटनामा परी सधैँका लागि अस्ताए ।

यता नेपालमा रहेको पन्थ परिवार दशैँका लागि जमराको चाँजोपाँजो मिलाउँदै थियो । त्यहीबेला खबर आयो, छोरा विराटको आफैँले चलाएको कार दुर्घटनामा परी निधन भयो । साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उनको मृत्यु भएको बताइएको छ । कानूनी प्रक्रिया पूरागरी पन्थको शव शुक्रबार राति दमौली ल्याइएको छ ।

राति नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरियो । दशैँको बेला खुसीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा छ । ‘ठूलो सपना बोकेर घर छोडेको छोराको शव आँगनमा आउँदा कस्तो भयो होला ! अकल्पनीय घटनाले सबैलाई विक्षिप्त बनाएको छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖