• Monday 5th of October 2026

दैनिक दही खानुका यि हुन् १० फाइदा


  • धनकुटा खबर
  • .

काठमाडौं । दही मानव जातिलाई प्रकृतिले दिएको एक उत्तम उपहार हो। यो स्वस्थ जीवनका लागि वरदान नै हो। फाइबर, प्रोटिन, सुगर, फ्याट मात्र होइन, धेरै भिटामिन र मिनरल्स पनि दहीबाट प्राप्त हुन्छन्।

भारतीय उपमहाद्विपमा ५ हजार वर्षभन्दा अगाडिदेखि दही सेवन शुरु भएको मान्यता रहिआएको छ। भगवान श्रीकृष्णको कथासँग दही पनि जोडिएको छ।

दहीमाथि युरोपेली मुलुक बुल्गेरियाको पनि दाबी छ। तथापि, त्यहाँ ४ हजार वर्षअघि मात्र दही सेवन शुरु भएको बताइने गरेको छ। जहाँ जति पुरानो इतिहास भए पनि दहीमा पाचन प्रणाली, इम्युन सिस्टम, तौल व्यवस्थापन र हड्डीको मजबुतीका लागि आवश्यक सबै प्रकारका तत्व पाइने कुरामा सन्देह छैन।

यी हुन् १० फाइदा

– पाचन प्रणाली मजबुत बनाउँछ

– रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ

– हड्डी र दाँतलाई मजबुत बनाउँछ

– तौल व्यवस्थापनमा सहायक हुन्छ

– मुटुको स्वास्थ्यमा सुधार ल्याउँछ

– छालाको स्वास्थ्यका लागि साह्रै राम्रा मानिन्छ

– ब्लड सुगर लेभल नियन्त्रणमा राख्छ

– तनाव र एन्जाइटीलाई कम गर्छ

– कपालको स्वास्थ्यका लागि मद्दत गर्छ

– शरीरलाई हाइड्रेटेड राख्छ

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖