धनगढी । डोटीमा डिउटीमै बेहोस भेटिएका प्रहरी हवलदारको मृत्यु भएको छ । दिपायल विमानस्थलमा डिउटी गर्ने क्रममा बेहोस भेटिएका प्रहरी हवलदार नवराज खड्काको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र धमलाले खड्काको उपचारका क्रममा शैलेश्वरी अस्पतालमा मृत्यु भएको पुष्टि गरे । इलाका प्रहरी कार्यालय दिपायलमा कार्यरत खड्का दिपायल सिलगढी नगरपालिका–१ तिखाका का स्थायी बासिन्दा हुन् ।
खड्काको मृत्युको कारण खुलेको छैन । तर उनी लामो समयदेखि डिप्रेसनको औषधी सेवन गर्दै आएका थिए ।-प्रेसपत्र
