• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

गुडिरहेको स्कर्पियोमाथि पहिरो खस्दा ५ जना घाइते


  • धनकुटा खबर
  • .

बुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कर्पियोमाथि पहिरो खसेको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको स्कर्पियोमाथि जोर्तेको उकालोमा पहिरो खसेको हो ।

घटनामा जीपमा सवार पाँच जना घाइते भएका छन् । पहिरोमा च्यापिएका तीन जनालाई अझैसम्म पनि बहिर निकाल्न नसकिएको र निकाल्ने प्रयास भैरहेको स्थानीयको भनाइ छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖