• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

बिहान उड्न नसकेको बुद्धको अर्को जहाजमा एमाले नेतासहितका ६८ जना यात्रु जनकपुर पठाइयो


  • धनकुटा खबर
  • .

काठमाडौ । बुद्ध एयरलाइन्सले नेकपा एमालेसहितका ६८ जना यात्रुलाई अर्को जहाजमा जनकपुर पठाएको छ।

जनकपुरबाट फिर्ता आएका यात्रुहरूलाई अर्कै जहाजको व्यवस्था गरी फेरि जनकपुर पठाइएको जनकपुर नागरिक उड्ययन कार्यालयका सूचना अधिकारी विकास झाले नागरिक न्युज डटकमलाई बताए।

उनका अनुसार बिहान ७ः ४५ मा काठमाडौँबाट जनकपुर आउने विमानमा सामान्य प्राविधिक त्रुटी देखिएपछि उक्त विमान काठमाडौँ नै फिर्ता पठाइएको थियो।

उनले भने, ‘बिहान अवतवरण गर्न नसकेको विमान बिहान १० बजेर ९ विनटमा काठमाडौँबाट जनकपुरका लागि उडान भरेको थियो। उक्त विमान सफल अवरतरण भइसकेको छ भने अन्य विमान पनि नियमित रहेको छ।’

काठमाडौंबाट जनकपुर उडान नं. ५०१ जहाज (एन–एजेशून्य) कलसाइन भएको जहाजमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौँ अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाएको बुद्ध एयरलाइन्सले बताएको छ।

बिहानको जहाजमा सिराहा सचिवालय बैठकका लागि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरासहितका नेताहरू सोही जहाजमार्फत् जनकपुर जाँदै थिए।

एमालेले चौथो महाधिवेशन सुरु भएकै दिन अर्थात् भदौ ९ गते नै बैठकको तयारी गरेको थियो। चुरे नजिकैको त्यस क्षेत्र डुबानको चपेटमा परेकाले बैठक स्थगित गरेको थियो।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖