काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएकाे छ ।
नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारणसभालाई बिहीबार काठमाडाैंमा सम्बोधन गर्दै मन्त्री किराँतीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभयाे ।
देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएकाे भन्दै उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गरी मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सबै गम्भीर हुनुपर्ने बताउनुभयाे । राष्ट्रिय समस्यालाई समाधान गर्न प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने मन्त्री किराँतीले बताउनुभयाे ।
पर्यटन क्षेत्रको विकास र विस्तारका लागि नयाँ ऐन, काननहरु निर्माण गर्नुपर्ने उहाँले बताउनुभयाे ।
