• Sunday 4th of October 2026

भारतले चौथो विकेट गुमायो, गिल आउट


  • धनकुटा खबर
  • .

क्यान्डी । एसिया कप अन्तरगत पाकिस्तानविरुद्धको खेलमा भारतले चौथो विकेट गुमाएको छ । ओपनर शुभमन गिल १० रन बनाएर आउट भएका हुन् ।

उनलाई ह्यारिस राउफले बोल्ड गरेका हुन् । खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गरिरहेको छ । भारतले ४ विकेटको क्षतिमा ७१ रन बनाएको छ ।

एसिया कपमा भारतको यो पहिलो खेल हो । पाकिस्तानको भने यो दोस्रो खेल हो । पाकिस्तानले उद्घाटन खेलमा नेपाललाई हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖