काठमाण्डाै – सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र वडा नम्बर–२ का पूर्ववडाध्यक्ष रमेशकुमार बस्नेतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
लिखुपिके–२ को भवन बनाउनका लागि निःशुल्क पाएको जग्गा किनेकाे भन्दै छ लाख रुपैयाँ भुक्तानी दिएको पाइएपछि उनीहरूविरुद्ध आज आइतवार मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । अख्तियारले भण्डारी र बस्नेतसँगै तत्कालीन लेखापाल जीवन सुवेदीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
दानपत्रमार्फत निःशुल्क जग्गा प्राप्त गरेपछि त्यही जग्गालाई किनेको भनेर छ लाख रुपैयाँ भुक्तानी गरेको पाइएको अख्तियारले जनाएको छ ।
