• Sunday 4th of October 2026

एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि आज चुनाव, राधाकृष्ण कँडेल र हरि रिजालकाे उम्मेदवारी


  • धनकुटा खबर
  • .

काठमाडाैं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीकाे नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ ।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजालले आइतबार उम्मेदवारी दर्ता गराउनुभएकाे छ । सहमतिमै नेतृत्व टुंगाउने प्रयास भएपनि सहमति हुन नसकेपछि चुनाव हुन लागेकाे हाे ।
कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेलहुनुहुन्छ भने रिजालको विजयविराज विष्ट प्रस्तावक र बालसिंह काउछा समर्थक हुनुहुन्छ ।

उपाध्यक्षमा वर्तमान उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ र पुजन विश्वकर्माको उमेदवारी परेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि सकेसम्म प्रदेशको नेतृत्व सहमतिमै टुंगो लगाउन र सहमति नभए मात्रै चुनाव गर्न निर्देशन दिनुभएकाे थियाे ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनमा १ हजार ४ प्रतिनिधिहरु सहभागी छन् । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ ।
अधिवेशन शनिबारदेखि सुरु भएकाे हाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖