• Sunday 4th of October 2026

भदौ २२ गते सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

बागमती प्रदेश सरकारले सीमान्तकृत चेपाङ समुदायको पर्व न्वाँगीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेशको मन्त्रीपरिषद् बैठकले यही भदौ २२ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले चेपाङ समुदायको बाहुल्य रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

प्रदेश सरकारले यी तीन जिल्लामा गत वर्षबाट न्वाँगी पर्वमा चेपाङ समुदायलाई बिदा दिन सुरु गरेको छ । बैठकले प्रदेश विपत् व्यवस्थापन कोष २०८० कार्यविधि स्वीकृत गरेको छ ।

यससँगै प्रदेश सरकारले पाँच वटा निर्णय गरेको सरकारका प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार प्रदेश नीति तथा योजना आयोगको सदस्यमा बुढानीलकण्ठ नगरपालिका(५ काठमाडौँकी कृष्ण कुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय गरको छ ।

यस्तै, बैठकले सङ्गठन संरचना र दरबन्दीसहित प्रदेशको संक्षिप्त सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको मन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖