• Sunday 4th of October 2026

लुम्बिनी एमाले : अब भोलि बिहान मतदान हुने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशमा भोलि मात्र मतदान हुने भएको छ । आज मतपत्र छाप्न समय लागेपछि अब भोलि बिहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।

“आज मतपत्र छाप्न समय लाग्याे । सुरक्षालगायतका कारणले पनि आज नगर्ने निर्णय भयाे,” उनले भने ।

लुम्बिनी एमालेमा अध्यक्षका लागि हरिप्रसाद रिजाल र राधकृष्ण कँडेलबीच प्रतिष्पर्धा हुँदै छ ।

एमाले लुम्बिनीमा लक्ष्मण आचार्य सचिवमा निर्विरोध भइसकेका छन् ।
यसअघि आजै साँझ ८ बजेबाट मतदान हुने भनिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖