• Sunday 4th of October 2026

नेपाली टोली बुधबार स्वदेश फर्कने


  • धनकुटा खबर
  • .

काठमाडौं । एसिया कपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार काठमाडौं आइपुग्ने भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) का अनुसार टोली बुधबार मध्यान्ह १२ बजेर ३५ मिनेटमा नेपाल आईपुग्नेछ । एसिया कप क्रिकेटका लागि नेपाली टोली पाकिस्तानको कराँची गएको थियो ।

कराँचीमा अन्तिम तयारी गरेपछि टोली पाकिस्तानसँग खेल्न मुल्तान गएको थियो ।

नेपालले मुल्तानमा १६ औं संस्करणको एसिया कपको उद्घाटन खेल खेलेको थियो ।

उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।

एसिया कपको दोस्रो खेलका लागि टोली श्रीलंका पुगेको थियो ।

श्रीलंकाको क्यान्डीमा सोमबार नेपालले भारतसँग खेलेको थियो ।

भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖